Adsense

Tuesday, April 7, 2015

LokSewa Notes / HandOuts - Part 5 (सार्वजनिक सेवा प्रवाह)



सार्वजनिक सेवा प्रवाह
१.४.१ सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्व



सार्वजनिक सेवाको अर्थ

य     सरकारले जनतालाई सरल, सहज एवं सस्तो रुपमा जनताको घरसम्म उपलब्ध गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ । जस्तै ः शिक्षा, स्वास्थ्य, सुरक्षा, विद्युत, संचार, यातायात, नागरिकता प्रमाणपत्र, राहदानी आदि सरकारले उपलब्ध गराउने सार्वजनिक सेवा हुन् ।

य     सार्वजनिक सेवाहरु प्रत्येक जनताले चाहेको स्थान र समयमा सहज एवं न्यायिक वितरण गर्न सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु जनताको अधिकार हो ।

य     एउटा सफल राज्य बन्नका लागि उसले जनताका लागि आवश्यक पर्ने सार्वजनिक सेवाहरु कति प्रभावकारी ढंगले वितरण गरेको हुनुपर्दछ । यसैमा सरकारको  सक्षमता झल्किन्छ ।

य     नेपालमा सार्वजनिक सेवालाई व्यवस्थि तगर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ । केन्द्रदेखि क्षेत्र, अञ्चल, जिल्ला, इलाका, गा.वि.स एवं गडा तहसम्म प्रशासनिक संयन्त्रको व्यवस्था गरिएको छ । संविधान, ऐन नियम, निर्देशिका तयार गरिएको छ र पनि मुलुकको सार्वजनिक सेवा जनअपेक्षाअनुरुप हुन सकेको पाइदैन । यसका लागि विद्यमान कानुनी र संस्थागत व्यवस्थामा निरन्तर सुधार गरी समसामगिक बनाई सेवा प्रदायकलाई सेवाग्राही प्रति जिम्मेवार र जवाफदेही बनाउनु पर्ने देखिन्छ ।



सार्वजनिक सेवाका विशेषताहरु ः

राज्य वा सरकारबाट प्रद्धत        राज्यको दायित्व                नाफाको उद्देश्य नराख्नु          

नागरिकको हक                निष्पक्षता               निश्चित प्रक्रिया

सबैको पहुँच



सार्वजनिक सेवाको महत्व ः

          सार्वजनिक सेवाहरु जनतालाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक परिरहन्छन् । यस्ता सार्वजनिक सेवाहरुको निकै महत्व रहन्छ । समग्रमा भन्नुपर्दा निम्न कारणहरुले गर्दा सार्वजनिक सेवाको महत्व रहेको छ ।

य     सार्वजनिक सेवा प्रवाह नागरिक विश्वास आर्जन गर्ने माध्यमको रुपमा रहन्छ,

य     सार्वजनिक सेवाले जनताहरुको इच्छा पुरा गर्छ,

य     सार्वजनिक सरोकारका बस्तु तथा सेवाहरु बिना अवरोध सेवाग्राही समक्ष पु¥याउन सकिन्छ,

य     राज्यको पहुँच टाढा रहेका जनता समक्ष पु¥याउन सकिन्छ,

य     सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान हुन्छ,

य     राज्यप्रति नागरिकको अपनत्वको बोध हुन्छ ।




सार्वजनिक सेवा प्रवाहको अर्थ ः

य     सरकारले जनतालाई आवश्यक पर्ने विविध सेवाहरु सरल एवं छिटो छरितो रुपमा जनता समक्ष पु¥याउने प्रक्रियालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ ।

य     सार्वजनिक सेवा प्रवाह राज्यबाट निर्मित नीति, वस्तु तथा सेवाका प्रारुपहरु सेवा प्रदायकहरु मार्फत सेवाग्राहीसम्म पु¥याउने श्रृङ्खला हो ।

य     सेवा प्रदान गर्नु सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु सेवाग्राही जनताको अधिकार हो ।

य     यो सरकारी सेवा भएकोले सर्वसुलभ, गुणस्तरीय एवं न्यायिक हुनपर्दछ ।

य     सार्वजनिक सेवा सरकार र जनताबीच असल सम्बन्ध कायम राख्ने एउटा माध्यम पनि हो ।

य     सरकारले आफ्ना विभिन्न प्रशासनिक संरचनाहरु मार्फत जनताको घरदैलो वा पायक पर्ने ठाउँमा पुगी  कम खर्चिलो तरिकाले जनतालाई आवश्यक पर्ने सेवाहरु दिने प्रयास गर्दछ । सरकारको सेवा प्रवाहको स्तरलाई हेरेर नै जनताहरुले सरकार प्रति आफ्ना धारणा बनाउँछन् ।

य     नेपालमा सार्वजनिक सेवा प्रवाह गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ । केन्द्रदेखि क्षेत्र, अञ्चल, जिल्ला, इलाका, गा.वि.स एवं वडा तहसम्म प्रशासनिक संयन्त्रको व्यवस्था गरिएको छ । संविधान, ऐन नियम, निर्देशिका तयार गरी सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ ।



सार्वजनिक सेवा प्रवाह सम्बन्धी नवीन दृष्टिकोण ः

        सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सेवाग्राहीहरु प्रति नवीनतम दृष्टिकोणहरुलाई निम्न बुँदामा उल्लेख गरिएको छ ः

सेवाग्राहीहरु महत्वपूर्ण तत्वहरु हुन् ।       सेवाग्राही सरकारसँग होइन सरकार सेवाग्राहीप्रति उत्तरदायी हुनु ।

सेवाग्राही दायित्व होइनन् बरु महत्वपूर्ण सम्पत्ति हुन् ।          सेवाग्राहीको अनुरोधमा सरकारले काम गर्नु पर्दछ ।

सेवाग्राहीहरु सेवा वितरणका लागि रक्त संचार हुन् ।



सार्वजनिक सेवा प्रवाहको महत्व ः

        सार्वजनिक सेवाले जनताको जीवनस्तर माथि उठाउने देखि उसको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक लगायतका हरेक पक्षमा सहयोग प¥याएको हुन्छ । त्यसैले सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयामिक हुन्छ । जसलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्न सकिन्छ ः

य     सार्वजनिक सेवा प्रवाहबाट देश र जनताको सुरक्षा हुने,

य     जनतालाई आवश्यक पर्ने आधारभूत सेवाहरु जस्तै ः खाद्यान्न, कपडा, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी उपलब्ध हुने,

य     सार्वजनिक सेवाले सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने,

य     सेवा वितरण कार्य छिटो, छरितो रुपमा गुणस्तरीय, विश्वसनीय र प्रभावकारी हुने,

य     तोकिएको समयमा सेवाग्राहीले सेवा प्राप्त गर्ने,

य     सेवाग्राहीलाई छनौटको अवसर उपलब्ध हुने,

य     राज्यको जिम्मेवारी र दायित्व पूरा गर्ने क्षमतामा अभिबृद्धि हुने ।

        सार्वजनिक सेवा प्रवाह सरकारले जनतालाई पु¥याउने हरेक प्रकारको सेवा सुविधा भएकोले यसले अन्ततोगत्वा देश र जनताको हित गर्दछ । त्यसैले यसको महत्व हुने गर्दछ ।



सार्वजनिक सेवा प्रवाहका आधारहरु ः

संविधान, ऐन, नियमहरु                             जनताको माग, चाहना एवं जनमत 

सामाजिक, सांस्कृतिक तथा धार्मिक परिवेश             राज्यले अवलम्बन गर्ने राजनीतिक प्रणाली        दबाबमूलक समुहहरु÷नागरिक समाज                    भौगोलिक परिवेश

अन्तराष्ट्रिय कानुन एवं विभिन्न सन्धि, सम्झौता र प्रतिवद्धताहरु



सार्वजनिक सेवा प्रवाहमा हुनुपर्ने गुणहरु ः

य     तोकिएको समयमा प्राप्त हुनुपर्दछ ।

य     सेवा वितरण प्रणाली छरितो हुनुपर्दछ ।

य     सेवा गुणात्मक हुनुपर्दछ ।

य     जनताको अपेक्षा अनुसारको गणस्तरीय सेवा हुनुपर्दछ ।

य     छनौटको पर्याप्त अवसर हुनुपर्दछ ।

य     अधिकतम जनसहभागिता प्राप्त भएको हुनुपर्दछ ।

य     सामाजिक न्यायमा आधारित हुनुपर्दछ ।

य     सेवा प्रदान कार्य पारदर्शी एवं निष्पक्ष हुनुपर्दछ ।



नेपालमा सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्था ः

        नेपाल भौगोलिक रुपमा सानो भएपनि यहाँको सार्वजनिक सेवा प्रवाह निकै समस्या ग्रस्त रहेको पाइन्छ । खासगरी साधन श्रोतहरुको कमीको कारण यस प्रकारका समस्याहरु देखा परेका हुन् । यद्यपी नेपालमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था, गुनासो सुनुवाईको व्यवस्था, आधुनिक प्रविधीको प्रयोगका साथै सेवा केन्द्रहरुको अवधारणालाई अघि सारिएको छ ।

        नेपालमा सरकारको सेवा प्रवाह प्रति जनताको धेरे गुनासो रहेको पाइन्छ, जसका कारणहरु यस प्रकार छन् ः

य     प्रक्रियामूखी र केन्द्रमूखी प्रशासन हुनु

य     अनुचित राजनैतिक दबाब र राजनैतिक प्रतिबद्धताको अभाव,

य     उपयक्त र व्यवहारिक नीति तथा कार्यविधीहरुको अभाव,

य     सेवा प्रवाह गर्ने निकायहरुबीच समन्तवयको अभाव,

य     सेवा प्रवाहमा संलग्न कर्मचारीहरुलाई प्रोत्साहनको कमी,

य     प्रशासनमा रहेको भ्रष्टाचार प्रवृति,

य     कमजोर दण्ड र पुरस्कारको व्यवस्था,

य     उपभोक्ता हितको कमजोर अवस्था,

य     नीजि क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्न नसक्नु,

य     गैर सरकारी संस्थाहरु पुर्वाग्रही रुपमा कार्यरत रहनु,

य     नागरिक समाजको कमजोर उपस्थिती हुन, आदि ।



सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरु ः

                सार्वजनिक सेवा प्रवाह गर्नका लागि कानुनी व्यवस्था गरिएको छ । संस्थागत रुपमा पनि केन्द्र देखि गाउँ सम्म संस्थागत संयन्त्रको व्यवस्था छ । यसका साथै आवश्यक जनशक्ति एवं योजनाका ठेलीहरु निर्माण गर्ने क्रम जारी छ । यद्यपी कार्यान्यन स्तरमा आम नागरिकका आवश्यकता सम्बोधन गर्न निकै समस्या परेको छ । नेपालमा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरु यस प्रकार छन् ः

य     संविधान, ऐन, नियममा विकेन्द्रीत शासकीय व्यवस्था भएपनि व्यवहारमा केन्द्रीत शासकीय व्यवस्था कायम रहनु,

य     सेवा प्रदायक निकायहरुबीच कार्यगत समन्वयको अभाव,

य     सेवा प्रदायक निकायकहरुको नियमित र प्रणालीबद्ध रुपमा अनुगमन र मुल्यांकन हुन नसक्नु,

य     सेवा प्रदायक निकायहरुबीय भ्रष्टाचारको बोलवाला रहनु,

य     सेवा प्रवाहका कार्यप्रक्रियाहरु लामा, जटिल र झन्झटिलो हुनु,

य     सेवा प्रदायकहरु सेवाग्राही प्रति जिम्मेवार र जवाफदेही हुन नसक्नु,

य     सेवाग्राहीहरु आफ्नो हक, अधिकार र दायित्व प्रति सचेत नहुनु,

य     पुर्वाधार विकासमा कमी, विकट भौगोलिक बनावट हुनु

य     आधुनिक सुचना प्रविधिको सदुपयोग गर्न नसक्नु,

य     अनुचित राजनैतिक दवावको बढ्नु,आदि ।



सार्वजनिक सेवा प्रवाहमा रहेका चुनौतिहरु  ः

य     राजनीतिक सहमति तथा राष्ट्रिय स्वार्थमा दलहरुबीच समान धारणा निर्माण गर्नु,

य     आर्थिक स्रोतको बढोत्तरी एवं दिगोपना कायम गर्न,

य     देश सुहाउँदो मौलिक विकासको मोडलको तर्जुम  गर्न,

य     उपलब्ध स्रोतको मितव्ययी, प्रभावकारी एवं कुशल प्रयोग गर्न,

य     राज्य पुनः संरचना संगै सम्पूर्ण राज्य संयन्त्रको पुनःसंरचना गर्न,

य     कानुनको शासन, पारदर्शिता, जनसहभागिता, जवाफदेहिता, उत्तरदायित्व जस्ता सुशासनका मौलिक चरित्रको व्यवहारमा कार्यान्वयन गर्न,

य     सबैको पहुँच, पहिचान, सम्मान र प्रतिनिधित्व सुनिश्चितता गर्न,

य     विकट भौगोलिक अवस्थाका कारण सन्तुलित क्षेत्रीय विकास गर्न,

य     भ्रष्टाचार र अनियमिताको बदलिँदो रुप एवं फैलँदो स्वरुपको नियन्त्रण गर्न,

य     संक्रमणकालको अन्त्य र दिगो शान्ति कायम गर्न, आदि ।



सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायहरु ः

य     विद्यमान ऐन नियमको समसामयिक परिमार्जन गरी पूर्ण पालना गराउने,

य     सेवा प्रवाह गर्ने निकायहरुबीच कार्यगत समन्वय गर्ने तथा एकद्वार सेवा प्रणाली अवलम्बन गर्ने,

य     सेवाप्रदायक कर्मचारीहरु सेवाग्राही प्रति जिम्मेवार र जवाफदेही हुने खालको संयन्त्र निर्माण गर्ने,

य     सेवाग्राही जनता आफ्ना अधिकार र कर्तव्य प्रति सजक रहने,

य     कार्यप्रणालीलाई सरल र पारदर्शी बनाउने,

य     आधुनिक प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई छिटो, छरितो र मितव्ययी बनाउने,

य     सेवा प्रवाहमा क्षतिपूर्ति पाउने व्यवस्था गर्ने,

य     सेवाग्राही सहितको अनुगमन र मूल्यांकन संयन्त्र निर्माण गर्ने ।





सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका ः

                सरकारको तर्फबाट सार्वजनिक सेवा सुविधाहरु जनताको घरदैलोसम्म पु¥याउने सबै राष्ट्रसेवक कर्मचारी सेवा प्रदायक हनु । सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकहरुको ठूलो भूमिका रहन्छ । सार्वजनिक सेवा प्रवाहमा सेवाप्रदायकहरुको भूमिका निम्नानुसार छन् ः

य     सरकारको प्रतिनिधीको रुपमा रही तोकिएका कार्य गर्ने,

य     सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने,

य     सेवा प्रवाहमा प्रतिबद्ध भएर लाग्ने,

य     तोकिएको समय र लागत भित्र रही कार्य गर्ने,

य     आधुनिक प्रविधिको प्रयोग गरी सेवालाई छिटो, छरितो बनाउने,

य     मितव्ययी भएर सेवा प्रवाह गर्ने,

य     सेवा प्रदान गर्ने निकायहरुबीच सुमधुर सम्बन्ध कायम गर्ने,

य     सेवा प्रवाह सम्बन्धी निरन्तर अनुगमन र मूल्यांकन गरी थप प्रभावकारी बनाउने,

य     सेवाग्राहीको इच्छा र चाहना अनुसार सेवा प्रदान गर्ने,

य     उपलब्ध श्रोत र साधनहरुको प्रभावकारी तथा दक्षतापूर्वक परिचालन गर्ने,

य     सेवाग्राहीको गुनासो र दुखेसोको उचित व्यवस्थापन गर्ने,

य     सेवा प्रदान गर्दा राज्इको सर्वोत्तम हितलाई प्रथमिकतामा राख्ने,

य     सेवाग्राहीलाई हक तथा अधिकार प्रति सूसुचित गराउने, अािद

                अतः राज्य वा सरकारले स्वयं उपस्थित भई सेवा प्रदान नगर्ने र सेवा प्रदायक कर्मचारीहरु मार्फत सेवा प्रवाह गर्ने भएकोले राज्य वा सरकारलको उद्देश्य पूरा गर्नका लागि सेवा प्रदायकहरु सेवाग्राही प्रति थप जिम्मेवार र जवाफदेही हुनुपर्दछ ।



सेवाग्राहीको अधिकार ः

                अन्तर्रािष्ट्रय प्रचलन, राज्यको संविधान तथा कानुन, नागरिकको चेतनास्तर आदि पक्षलाई मध्यनजर गर्दा नेपालको सम्दर्भमा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीले पाउनुपर्ने अधिकार निम्नबमोजिम छन् ः

य     गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकार,

य     सेवा सम्बन्धमा आवश्यक सुचना पाउने अधिकार,

य     आफुले पाउने सेवा सम्बन्धमा छनौट गर्ने अधिकार,

य     सम्बन्धित विषयमा कानुनी उपचार खोज्ने अधिकार,

य     कानुनले तोकेको समय र मूल्यमा सेवा प्राप्त गर्ने अधिकार,

य     गुनासो सुनुवाईको अधिकार,

य     सरल र सहज रुपमा सेवा पाउने अधिकार, आदि ।



सेवाग्राहीको दायित्व ः

                सेवा प्रदायक निकायहरु मार्फत आम नागरिकहरुले आफ्नो अधिकारको रुपमा रहेको सार्वजनिक सेवा प्रवाह प्राप्त गर्न निम्नलिखित दायित्व पुरा गर्नु पर्दछ ।

य     राज्यको संविधान, ऐन, नियममा रहेको प्रावधानहरुको पालना गर्नुपर्ने,

य     आफ्ना अधिकार र दायित्व प्रति सचेत रहने,

य     अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने,

य     सेवा प्रदायकलाई अनुचित प्रभाव पार्न नहुने,

य     कानुनबमोजिम तिर्नुपर्ने कर तिर्ने,

य     सेवा प्रवाहमा पृष्ठपोषण दिने, आदि ।



सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्था ः

                प्रशासन सुधार आयोगको प्रतिवेदन २०४८ ले नेपालको सार्वजनिक सेवा प्रवाहको अवस्था निम्नानुसार प्रस्तुत गरेको छ ः

य     पु¥याइएका सेवाले जनताको आवश्यकता पुरा गर्न सकेका छैनन् ।

य     सेवाहरु लक्षित वर्गमा पुग्न सकेका छैनन् ।

य     सेवाको गुणस्तर सन्तोषजनक छैन ।

य     सेवाहरु अत्यन्तै सीमित जनता समक्ष मात्र पुगेका छन्,

य     उपलब्ध साधनको कुशल उपयोग भएको छैन ।



यस पाठबाट लोकसेवा आयोगको परीक्षामा सोधिएका प्रश्नहरु

य     नेपालको सरकारी क्षेत्रले गर्ने सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका सन्तोषजनक छैन ।विवेचना गर्नुहोस ।  १० ना.सु., खुला, २०६९।१।२३

य     सर्वाजनिक सेवा भनेको के हो ? सार्वजनिक सेवा प्रवाह गर्ने तरिकाको बारेमा लेख्नुहो । (३+२)=५ ना.सु., समावेशी २०६९।१।१६

य     सार्वजनिक सेवा प्रवाहलई प्रभावकारी बनाउन सेवाग्राहीले के कस्तो दायित्व निर्वाह गर्नु पर्दछ ? ५ ना.सु., संयुक्त २०७०।१।१४

य     सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमका बारेमा लेख्नुहोस । नेपालमा सार्वजनिक सेवा प्रवाह गर्ने सन्दर्भमा के कस्ता समस्याहरु देखा परेका छन् ? (३+७) =१० ना.सु., संयुक्त २०७१।१।



लोकसेवा आयोगको नमुना प्रश्न ः

य     सार्वजनिक सेवा प्रवाह भन्नाले के बुझिन्छ ? सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका बारेमा चर्चा गर्नुहोस । (३+७) =१०

No comments:

Post a Comment