सार्वजनिक सेवा प्रवाह
१.४.१ सार्वजनिक
सेवा प्रवाहको अर्थ र महत्व
सार्वजनिक सेवाको
अर्थ
य सरकारले जनतालाई सरल, सहज एवं सस्तो रुपमा जनताको घरसम्म उपलब्ध गराउने सेवालाई
सार्वजनिक सेवा भनिन्छ । जस्तै ः शिक्षा, स्वास्थ्य, सुरक्षा, विद्युत, संचार, यातायात, नागरिकता प्रमाणपत्र, राहदानी आदि सरकारले उपलब्ध गराउने सार्वजनिक सेवा हुन् ।
य सार्वजनिक सेवाहरु प्रत्येक जनताले चाहेको
स्थान र समयमा सहज एवं न्यायिक वितरण गर्न सरकारको कर्तव्य हो भने सेवा प्राप्त
गर्नु जनताको अधिकार हो ।
य एउटा सफल राज्य बन्नका लागि उसले जनताका लागि
आवश्यक पर्ने सार्वजनिक सेवाहरु कति प्रभावकारी ढंगले वितरण गरेको हुनुपर्दछ । यसैमा
सरकारको सक्षमता झल्किन्छ ।
य नेपालमा सार्वजनिक सेवालाई व्यवस्थि तगर्न
कानुनी र संस्थागत व्यवस्था गरिएको छ । केन्द्रदेखि क्षेत्र, अञ्चल, जिल्ला, इलाका, गा.वि.स एवं गडा तहसम्म प्रशासनिक संयन्त्रको
व्यवस्था गरिएको छ । संविधान, ऐन नियम, निर्देशिका तयार गरिएको छ र पनि मुलुकको
सार्वजनिक सेवा जनअपेक्षाअनुरुप हुन सकेको पाइदैन । यसका लागि विद्यमान कानुनी र
संस्थागत व्यवस्थामा निरन्तर सुधार गरी समसामगिक बनाई सेवा प्रदायकलाई सेवाग्राही
प्रति जिम्मेवार र जवाफदेही बनाउनु पर्ने देखिन्छ ।
सार्वजनिक सेवाका
विशेषताहरु ः
— राज्य वा
सरकारबाट प्रद्धत — राज्यको दायित्व — नाफाको उद्देश्य
नराख्नु
— नागरिकको हक — निष्पक्षता —
निश्चित प्रक्रिया
— सबैको पहुँच
सार्वजनिक सेवाको
महत्व ः
सार्वजनिक सेवाहरु जनतालाई जन्मदेखि
मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक परिरहन्छन् । यस्ता सार्वजनिक सेवाहरुको निकै
महत्व रहन्छ । समग्रमा भन्नुपर्दा निम्न कारणहरुले गर्दा सार्वजनिक सेवाको महत्व
रहेको छ ।
य सार्वजनिक सेवा प्रवाह नागरिक विश्वास आर्जन
गर्ने माध्यमको रुपमा रहन्छ,
य सार्वजनिक सेवाले जनताहरुको इच्छा पुरा गर्छ,
य सार्वजनिक सरोकारका बस्तु तथा सेवाहरु बिना
अवरोध सेवाग्राही समक्ष पु¥याउन सकिन्छ,
य राज्यको पहुँच टाढा रहेका जनता समक्ष पु¥याउन सकिन्छ,
य सामाजिक न्याय र सामाजिक सुरक्षा प्रदान
हुन्छ,
य राज्यप्रति नागरिकको अपनत्वको बोध हुन्छ ।